सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ, महिलासँग लिएका थिए ३ लाख ३१ हजार !

काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै ठगि गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-४ बुद्धचोक घर भइ हाल काठमाडौं सिनामंगल बस्दै आएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जी रहेका छन् ।

उनीमाथि एक महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोग रहेको छ ।

उनले ती महिलासँग रकम ठगि गरी सम्पर्कविहीन भएको जानकारी प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?