नेपाली महिला पुरुषमध्ये को खुसी ? को निराशावादी ? आयो यस्तो रिपोर्ट

काठमाडौं – जीवनस्तर सुधार हुने सम्बन्धमा नेपाली महिलाभन्दा पुरुष बढी आशावादी देखिएका छन् ।

१५ देखि ४९ वर्ष उमेर समूहका साढे ५२ प्रतिशत पुरुषले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तर हुने अपेक्षा गरेको देखिएको छ ।

सोही उमेर समूूहका ४५.४ प्रतिशत महिलाले मात्रै यस्तो अपेक्षा गरेका छन् ।

केन्द्रीय तथ्याङ्क विभागले सोमवार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वे क्षण २०७५/७६ प्रतिवेदनमा यस्तो तथ्य उल्लेख गरिएको हो ।

त्यसै गरी १५ – २४ वर्ष उमे र समूहका युवती ५०. १ प्रतिशत र युवक ५६. ४ प्रतिशतले पनि गत वर्षभन्दा आगामी वर्ष अझ राम्रो जीवनस्तर हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै १५ – ४९ वर्ष उमेर समूहका ६२. ४ प्रतिशत महिला र सोही उमेरका पुरुष ६४. ७ प्रतिशतले आफू खुसी रहेको बताएका छन् ।

त्यसैगरी १५ देखि २४ वर्ष समूहका महिला ६८ प्रतिशत र पुरुष ६९. ६ प्रतिशत खुसी देखिएका छन् ।

सुुर्तीजन्य र मदिराजन्य पदार्थको प्रयोगमा पनि महिलाको तुलनामा पुुरुष अगाडि देखिएका छन् ।

त्यस्तै १५ – ४९ वर्ष उमेर समूहका ४५।१ प्रतिशत पुुरुषले सुुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ भने महिलाको सङ्ख्या ६. १ प्रतिशत मात्रै छ ।

त्यसै गरी १५ वर्षअघि नै चुरोट खाने पुरुष ५.५ प्रतिशत छन् भने महिला २.२ प्रतिशत छन् ।

आजको गोरखापत्र दैनिकमा समाचार छ । photo : google

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?