काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित डा. ईवामुरा मेमोरियल अस्पतालले पित्तथैलीको पत्थरी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित गरी प्याकेज ल्याएको छ ।
दुर्बिन प्रबिधिमार्फत ल्यापोस्कोपी मेसिनबाट सानो प्वाल पारेर उपचार गरिने भएकोले अपरेसनपछि कम दुखाइ, घाउहरु चाडै निको हुने, दाग पनि सानो हुने र चाडै घर जान सकिने अस्पतालले जनाएको छ ।
सेवाग्राहीको अनुरोधमा सहुलियतपूर्ण शुल्कमा, अनुभवी डाक्टरहरुबाट शान्त वातावरण उपचार हुने, सोही अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले जानकारी दिए । यो प्याकेज १५ पुस २०७७ सम्मका लागि मात्र उपलब्ध भएको जनाइएको छ । निशुल्क परामर्शका लागि फोन गरि आफ्नो नाम टिपाउन पनि अस्पतालले अनुरोध गरेको छ ।
चिल्लो खानाबाट पेट फुल्ने वा दुख्ने, पेटको दायाँ कोखा वा पेटकोबीचमा दुख्ने, दायाँ काधँमा दुख्ने, ढाडमा दुख्ने, एक्कासी तौल घट्ने, धेरै दिसा भइरहने पित्तथैलीको पत्थरीका लक्षणहरु हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया