लैंगिक हिंसा विरुद्ध सवारी साधनमा स्टिकर टाँसेर सचेतना जगाउँदै प्रहरी

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले “लैंगिक हिंसा विरुद्धको १६ दिने प्रहरी अभियान” विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

लैंगिक हिंसा नियन्त्रणका लागि प्रदेश प्रहरी कार्यालय लुम्बिनीले चालक, यात्रु र पैदल यात्रीलाई सचेतना गराउँदै सवारी साधनमा स्टिकरहरु टाँसेको छ ।

कार्यालयले तुल्सीपुर उप(महानगरपालि दाङको बसपार्क एरियामा सवारीलाई जनचेतनामुलक स्टिकर टाँस्नुको साथै पर्चा वितरण गर्नुको साथ(साथै चालक, यात्रु र पैदल यात्रीलाई सचेत गराएको छ ।

उक्त अभियानमा प्रदेश प्रहरी कार्यालय लुम्बिनीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राज कुमार बैदवार लगायत अन्य प्रहरी अधिकृत र विद्यार्थीहरुसँग जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?