आजको मौसम : आज यी ठाउँहरुमा वर्षाको सम्भावना

काठमाडौं । आइतवारको लागि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार आइतवार(आज) भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको छ ।

त्यस्तै हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको महाशाखाको तथ्यांकले देखाएको छ ।

त्यस्तै प्रदेश नं १ को थोरै स्थानहरु साथै बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा सहित देशको उच्च पहाडी तथा हिमाली भू-भागको १/२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?

मंसिर २१ गते (आइतवार)

दिउँसो : प्रदेश नं १ तथा बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली, कर्णाली र सुदुर पश्चिमी प्रदेशका पहाडि भू-भागमा  र प्रदेश नं २ मा आंशिक बदली रहि  बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ ।   प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना हुनुका साथै प्रदेश नं १ का १-२ स्थानहरुमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ ।

मंसिर २२ गते (सोमवार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ आंशिक बदली रहि  बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

मंसिर २३ गते (मंगलवार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि  बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?