कोरोनाबाट झापाकी एक महिलाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण झापामा थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको बिर्तामोड ६ की ४५ वर्षीया महिला रहेकी छिन् ।

पहिलेदेखि नै मुटुरोगी रहेकी ति महिलाको गएराति साँढे १२ २५ बजे धरानस्थित वीपी कोइराला श्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार शवको नियमानुसार व्यवस्थान गर्ने कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?