निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन

लोकपथ संवाददाता
91
Shares
/fhwfgLsf] cgfdgu/df xG8«]8 u’|k gfds km];a’s u’|ksf o’jfx?n] ;’? u/]sf] k’/fgf] sk8fsf] a}s+ . oxfF nufpg ldNg] k’/fgf sk8fsf ;fy;fy} h’Qf rKkn / efF8fs’8Ffx? hf] ;’s}n] ¥ofsdf 5f]8]/ hfg ;S5g / oxFFf af6 klg lgz’Ns ?kdf cfjZos k/]sf JolQmx?nfO{ ;fdfgx? lbg] ul/G5 . tl:j/ M lah’ dxh{g

मुग्लिन । चितवनको इच्छाकामना–५ मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन गरिएको छ । ‘सहयोगी दाताहरुको जाओस् ध्यान, निःशुल्क कपडा वितरण केन्द्र हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उक्त केन्द्र शनिबारदेखि सिर्जनशील महिला जागरण केन्द्र मुग्लिन र मुग्लिन युवा मञ्चले केन्द्र सञ्चालनमा ल्याएका हुन् ।

शनिबार पहिलो दिन ती दुई संस्थले २० हजार रुपैयाँको कपडा खरिद गरी वितरण गरेका छन् । साथै मुग्लिनका स्थानीयहरुबाट सहयोग प्राप्त न्यानो कपडा गाउँपालिकाभित्रका अतिविपन्न १५० जनालाई वितरण गरिएको सिर्जनशील महिला जागरण केन्द्र मुग्लिनका अध्यक्ष सावित्री पुडासैनीले जानकारी दिइन् ।

उक्त निःशुल्क कपडा वितरण केन्द्रमा जो कोहीले पनि सहयोग गर्न सकिने अध्यक्ष पुडासैनीले बताइन । हुनेले दिने र नहुने जो कोहीले पनि कपडा लैजान सक्ने अध्यक्ष पुडासैनीको भनाइ छ । सहयोग गर्न चाहने व्यक्ति वा संस्थाले यस केन्द्रमा कपडा सहयोग गर्न सक्ने र नहुनेले लैजान सक्ने उनीले बताइन । निःशुल्क कपडा वितरण केन्द्रका लागि मुग्लिनका स्थानीय त्रिवेणी ग्रील एण्ड सटर उद्योगका सञ्चालक रामहरि कडेँलले घर उपलब्ध गराएका छन् । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?