के थियो गृहमन्त्रीको प्रस्ताव, जसलाई बामदेवले अस्वीकार गरे ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिबार बसेको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले एक प्रस्ताव अस्वीकारगरेका छन् ।
सचिवालय सदस्य रामबहादुर थापा बादलले कार्यदल बनाएर संकटको समाधान खोज्नुपर्ने प्रस्ताव बैठकमा गरेका थिए । सो प्रस्तावमा अध्यक्ष केपी ओलीसहितका नेताहरुले समर्थन गरेका थिए ।

‘धेरै राम्रो कुरा गर्नुभयो । यो वामदेव कमरेडको नेतृत्वमा बनाऔं,’ बैठकमा ओलीले भनेको भनाई उदृत गर्दै ती सचिवालय सदस्यले बताए ।
त्यसपछि उपाध्यक्ष गौतमको बोल्ने पालो आएपछि उनले आफू सो कार्यदलमा नबस्ने अस्वीकार गरेका थिए । उनले कार्यदलको औचित्य नभएको समेत बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?