वि.सं. २०७७ साल मंसिर २० गते । शनिवार । इ.स.२०२० डिसेम्बर ०५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर कृष्णपक्ष । तिथी– पंचमी,१७ बजेर २८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–तिष्य,१२ बजेर ५० मिनेट उप्रान्त अश्लेषा । योग–ब्रम्ह,०८ बजेर ५१ मिनेट उप्रान्त ऐन्द्र । करण– तैतिल,१७ बजेर २८ मिनेट उप्रान्त गर,२९ बजेर ०४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेटमा, सूर्यास्त १७ बजेर ०६ मिनेटमा । दिनमान २६ घडी ०२ पला । स्वयंसेवक दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : अरुको विश्वास जिती काम गर्न नसक्दा समयभन्दा पछि परिनेछ । काम गर्ने भन्दा आश्वासन बाँड्हरु सक्रिय हुनेछन् । पढ्ने लेख्ने काममा मन नजाँदा नतिजा अरुतिर नै जानेछ । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । आमा तथा आफन्तसँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) : दाजुभाइ तथा छिमेकीसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा विभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाइको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा विश्वासघात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यवसायमा लगानी गर्नको लागि केही समय पर्ख हेरको रणनीति अपनाउनु पर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) : सयममा काम गरी प्रशंसक तथा समर्थकहरु जुटाउन सकिनेछ । बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूूतिर खिच्न सकिनेछ । परिवारका साथ रमाईलो गर्दै मिष्टान्न भोजनका साथ रमाउन सकिनेछ । गीतसंगीत तथा मोडलिङ पेशा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजमुलक क्षेत्रमा रुची बढ्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) : समाजसेवा तथा राजनीतिमा समय व्यातीत गर्नेहरुका लागि समय मध्यम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ । व्यापारमा मन्दी आउने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तरपनि सुचना प्रविधिको प्रयोग मार्फत् राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनकै सिलसिलामा यात्रा गर्न सकिनेछ तथा अलि बढी समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा हात पर्न सकिने छैन । काम गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुन सक्छ । स्वास्थ्यमा समस्या आइ खर्च बढ्ने योग रहेको छ । व्यापार व्यवसायमा बढी नै समय दिएमात्र नतिजा हात पार्न सकिनेछ । तापनि विदेशी सामानको खरिद बिक्रीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने विदेश यात्राको गतिलो योग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नेछ । परिवारका ईच्छा,आकांक्षा तथा मनोकामना पूूर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गरेर आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रस्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कमै हुुनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेको छ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुस हुनेछ भने आफन्तहरु टाढिने हुँदा मन खिन्न रहनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) : सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । राजनीतिज्ञले जनताको काम गरी पद प्राप्त गर्ने समय रहेको छ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) : व्यापारमा लगानी गरेपनि तत्काल फाइदा हुने छैन । आफ्नो काममा भन्दा पनि अरुकै काममा समय व्यातीत हुनेछ । महत्वकांक्षी योजनाहरु पूूरा गर्न निकै संघर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरुसँग राय बाजिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाइ लेखाइमा मन नजाँदा अरुभन्दा पछि परिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : प्रेमको बन्धन कसिलो हुने तथा जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिनेहुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगति हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) : विवाद तथा प्रतिस्पर्धामा भाग नलिनुहोला समय मध्यम रहेको छ । न्यायिक निर्णयहरु तपाइको पक्षमा आउने छैन । मामा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा आजको दिन लगानी नबढाउनु होला ऋण लाग्ने समय रहेको छ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने विभिन्न वस्तु तथा उपहार प्राप्त हुनेछ । व्यवसायकै सवालमा रमाइलो यात्रा गर्न सकिनेछ । आफन्त तथा सन्तानको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्र फराकिलो हुनेछ भने तपाइको प्रस्तुुतिले सबैको मन आकर्षित गर्नेछ ।
तपाइको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया