काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपती क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा ल्याइएको छ ।
एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको वातावरण मैत्री र प्रदुषण रहित शवदाह गृह आज (बुधवार) देखि सञ्चालनमा आएको हो । आज बैंकले एक औपचारिक कार्यक्रम आयोजना गरी उक्त शवदाह गृह पुशपती क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ ।
यससँगै आजैदेखि उक्त शवदाह गृहलाई सञ्चालनमा ल्याइएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदुषणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपती क्षेत्रका लागि महत्वपूर्ण हुने बताए । आधुनिक शवदाह गृहले हिन्दुहरुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने विश्वास मन्त्री भट्टराईले व्यक्त गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक करिब ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरिएको बताएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताए । यस्तै एउटा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया