काठमाडौं । खाना पकाई रहेको प्रेशरकुकर पट्कीदा अदानचुली ३ हुम्लाका देउलु रोकाया गम्भीर घाईते भएका छन् ।
मंगलवार साँझ आफ्नै घरमा खाना पकाई रहेको अवस्थामा वासर फुत्कीएर पट्कीए पछि नजिकै बसीरहेका रोकायाको टाउकोमा गम्भीर चोट लागेको घाईते रोकायाका छोरा निर्प रोकायाले जानकारी दिएका छन् ।
उनले भने “वासर चुटिएको रहेछ बुवाले हेर्नु भएनछ, बेस्सरी आगो बले पछि ढाकन फुत्कीएर बुवाको टाउँकोमा लागेछ” । टाउकाको हड्डीमा गम्भीर चोट लागे पछि श्रीनगर स्वास्थ्य चौकीमा उपचारको लागि लिएको चोट गम्भीर भए पछि रिफरको लागि मंगलबार राती नै बाजुराको धुलाचौर पुर्याईएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिनु भएको छ । उनले भने “टाउकोमा गम्भीर चोट लागेको छ फ्क्चर नै भए जस्तो छ यहाँ नसकीने भयो त्यसैले रातीनै रिफर गरेका छौ” । उनी भोली बिहानै बाजुराको कोल्टी बिमानस्थलबाट सुर्खेत वा नेपालगञ्ज लिने भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया