जापानमा ६ महिनामा भालुद्वारा १३ हजार हमला, आक्रमण रोक्न रोबोटिक भेडा

काठमाडौं । जापानको ग्रामिण क्षेत्रमा मानिसहरु अहिले कोरोना भाइरसका साथै एक जंगली भालुको आक्रमणसँग पनि लडीरहेका छन् ।

गत ६ महिना यता त्यहाँ भालुले १३ हजार पटक भन्दा धेरै हमला गरेको छ । जो पाँच वर्षमा सबैभन्दा धेरै हो ।

सेप्टेम्बरबाट अहिलेसम्म ६५ जनाले उक्त हमलामा ज्यान गुमाएका छन् । भालु अब शहर तिर पसेर आक्रमण गर्न थालेको बताइएको छ ।

यसबाट बच्नका लागि मानिसले अनौठो तरिका अपनाएका छन् । त्यसलाई भगाउनको लागि मानिसहरुले रोबोटिक भेडा बनाएका छन् ।

यो राबोटिक भेडो हिँडडूल नगरेपनि गर्जन भने ठूलो गर्छ । यो रोबोटिक भेडो डेढ मिटर अग्लो रहेको छ ।

यसलाई रुप दिनको लागि त्यसको शरीरमा जंगली जनावर जस्तो खाल ओढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?