भारतमा सोमवार ३१ हजार संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

अहिलेसम्म सारा विश्वमा कोरोना भाइरसका कारण १४ लाख ७३ हजार ९२० जनाको मृत्यु भएको छ भने ६ करोड ३५ लाख ८९ हजार २७८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ करोड ३९ लाख ८४ हजार ११२ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ६ हजार ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३७ हजार ६५९ जनाको मृत्यु भएको छ भने ९४ लाख ६३ हजार २५४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८८ लाख ८९ हजार ५८५ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ३६ हजार १० जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै सोमवार ३१ हजार १७९ जना संक्रमित थपिएका छन् भने ४८२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?