झापा । झापाको मेची नगर नगरपालिका-४ का ५० बर्षीय पुर्ण बहादुर प्रधानलाई कुपपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
प्रधानलाई कुटपिट गरेको आरोपमा स्थानीय २५ बर्षीय दिवश लुङगेली मगर, ५५ बर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ बर्षीय बिशाल तामाङ पक्राउ परेका हुन् ।
गत असोज १४ गते सामान्य बादबिबादको बिषयलाई लिएर यो तिन जनाको समुहले प्रधानलाई निर्घात कुटपिट गर्दा घाईते भएका प्रधानको उपचारको क्रममा मंसिर १४ गते राती साँढे ९ बजे मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यायले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया