काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका रक्षा चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हेबीच शिष्टाचार भेटघाट भएको छ ।

प्रधानमन्त्री ओलीसँग वेईले आइतवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
आइतवार (आज) बिहान ११ बजेतिर आफ्नो २० जनाको प्रतिनिधिमण्डलसहितको टोली लिएर काठमाडौं आइपुगेका वोईले यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापालसँग भेटघाट गरेका थिए । उनलाई आज दिउँसो जंगी अड्डामा सम्मान गारद प्रदान गरिएको थियो ।

त्यस्तै आज नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया