काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृतक संख्या १ हजार ४ सय ७९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।
त्यस्तै हाल नेपालमा १७ हजार ९ सय ९ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै ६ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया