गुल्मीमा जीप दुर्घटना हुँदा ५ को मृत्यु

गुल्मीमा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य दुई २ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृत्यु भएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?