काठमाडौं । अमेरिकी राष्ट्रपति इलेक्ट जो बाइडेनले आफ्नो टिमका ६ महत्वपूर्ण व्यक्तिको नाम घोषणा गरेका छन् । शनल इन्टेलिजेन्सका निर्देशकको पदका लागि एवरिल ह्यान्सको नाम उठेको छ । यदि यो सत्य साबित भए उनी इन्टेलिजेन्स विभाग सम्हाल्ने देशकी पहिलो महिला हुनेछिन् ।
होमल्याण्ड सिक्योरिटी विभागका नयाँ बस एलेजान्ड्रो मेयोरकास हुनेछन् ।
राष्ट्रपति ट्रम्पले अहिलेसम्म पनि आफ्नो पराजय स्विकारेका छैनन् ।
बाइडेनले भनेका छन्, ‘अमेरिका इज ब्याक, अमेरिका संसारको अगुवाईका लागि तयार छ । ऊ आफ्नो जिम्मेवारीबाट पछि हट्नेछैन ।’
बाइडेनका टीमका ६ महत्वपूर्ण व्यक्तित्व
– एन्टनी ब्लिङ्केनस् विदेशमन्त्री
– जोन केरीः जलवायु परिवर्तन (दूत)
– एवरिल ह्यान्सः निर्देशक, नेशनल इन्टेलिजेन्स
– एलेजान्ड्रो मेयोरकासः सेक्रेटरी, होमल्याण्ड सिक्योरिटी
– जेक सुलिवनः नेशनल सिक्योरिटी एड्भाइजर, ह्वाइट हाउस
– लिन्डा थोमस ग्रिनफिल्डः संयुक्त राष्ट्रमा अमेरिकी दूत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया