अमेरिका : बाइडेनले ब्लिन्कनलाई विदेश मन्त्री र सालविनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिलेसम्म पनि हार मान्न तयार छैनन् । तर इलेक्ट जो बाइडेनले भने सरकार गठनको तयारी शुरु गरेका छन् ।

बाइडेनले आफ्ना पुराना सहयोगी र निकट रहेका एन्थनी ब्लिन्कनलाई विदेश मन्त्री र जेक सालविनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति गर्ने बताएका छन् ।

Joe Biden

उनले सोमवारदेखि मन्त्रीमण्डलका सदस्यको नामाकरण शुरु ग्रेका थिए । अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा ब्लिन्कन विदेश मन्त्रालयमा राष्ट्रिय उप सुरक्षा सल्लाहकार थिए ।

त्यस्तै बाइडेन उपराष्ट्रपति रहँदा सालविन उनका सुरक्षा सल्लाहकार थिए । हिलारी क्ल्निटन विदेश मन्त्री रहँदा सालविन उनका डिप्टी चीफ अफ स्टाफ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?