नीतिश कुमार बिहारको मुख्यमन्त्री बनेपछि अनिलले काटे आफ्नै हातको औँला

काठमाडौं । भारतको बिहारमा नीतिश कुमार मुख्यमन्त्री बने लगत्तै एक व्यक्तिले हातको औँला काटेका छन् ।

बिहारको जहानाबादमा बस्ने अनिल शर्मा नामका ति व्यक्तिले आफ्नो चौथो औँला काटेर भगवानलाई चढाएका हुन् ।

यो भन्दा पहिला पनि उनले तीन वटा औँला काटिसकेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

नीतिश कुमार बिहार चौथो पटक मुख्यमन्त्री बनेपछि उनले आफ्नो हातको चारौँ औँला काटेका हुन् । उनले औँला काटेर गोरैया बाबाको मन्दिरमा चढाएका हुन् ।

उनले नीतिश मन पर्ने नेता भएकोले यसो गरेको बताएका छन् । उनी ४५ वर्षको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?