डब्ल्यूएचओको टीम चीन जाँदै, अमेरिकामा एक हप्तामा १० हजार बढीको मृत्यु

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सोमवार राती संसारका हेल्थ एक्सपर्ट र संक्रामक रोगका विशेषज्ञको एक टीम चीन पठाउने निर्णय गरेको छ ।

यो टीमले चीनमा कसरी कोरोना भाइरस फैलियो र यसको मुख्य सोर्स के थियो भन्ने कुराको पत्ता लगाउनेछ । साथै यो संक्रमण कसरी जनावरबाट मानिसमा सर्यो वा यसको अन्य पनि केहि कारण छ भनेर पत्ता लगाउनेछ ।

संगठनका आपत्कालीन डाइरेक्टर माइकल रायनले भने, हामीलाई पूरा विश्वास छ कि, चीन सरकारले यसमा हामीलाई सहयोग गर्नेछ ।

द गार्डियनको एक रिपोर्टका अनुसार अमेरिकामा एक हप्तामै १० हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ ।

यो हप्तामा मात्रै अमेरिकामा कोरोना भाइरसका कारण १० हजार भन्दा धेरैको मृत्यु भएको हो ।

अमेरिकामा हालसम्म २ लाख ६३ हजार ६८७ जनाको मृत्यु भएको छ भने १ करोड २७ लाख ७७ हजार ३७१ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?