काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा १४ लाख १ हजार ८२७ जनाको मृत्यु भएको छ भने ५ करोड ९५ लाख ९ हजार ९०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड ११ लाख ५२ हजार ३९५ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ३ हजार ५६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा सोमवार मात्रै ५ लाख ३ हजार ७२४ जना संक्रमित थपिएका छन् भने ७ हजार ९४९ जनाको मृत्यु भएको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण हालसम्म १ लाख ३४ हजार २५४ जनाको मृत्यु भएको छ भने ९१ लाख ७७ हजार ७२२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८६ लाख ३ हजार ५७५ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ३९ हजार ८९३ जनाको उपचार भईरहेको छ ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा सोमवार मात्रै ४८१ जनाको मृत्यु भएको छ भने ३७ हजार ४१० जनालाई संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया