तीन पटक असमका मुख्यमन्त्री बनेका गोगोईको निधन

काठमाडौं । भारतको असमका पूर्व मुख्यमन्त्री तरुण गोगोईको निधन भएको छ । सोमवार ८४ वर्षको उमेरमा उनको निधन भएको हो ।

उनलाई अगस्टमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी कोरोनाबाट भने निको भईसकेका थिए । गुहावटीको मेडिकल कलेज हस्पिटलमा उनको सोमवार साँझ ५ बजेर ३४ मिनेट जाँदा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनी तीन पटकसम्म असमका मुख्यमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?