यस्तो छ काठमाडौं उपत्यकामा कोरोना महामारीको हालसम्मको सम्पूर्ण विवरण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७ जनालाई कोरोना संक्रमण भएको छ ।

जसमध्ये ४५४ जना महिला र ५५३ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौं जिल्लामा मात्रै ८ हजार ६६७ सक्रिय केस रहेका छन् भने ७४ हजार ८३२ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ३२६ जनाको मृत्यु भएको छ भने ८३ हजार ८२५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै भक्तपुरमा ६२८ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६ हजार ८१० जना निको भएका छन् । त्यस्तै हालसम्म ८५ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ५२३ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ललितपुरमा १ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै १० हजार ७९९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९० जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १२ हजार ३८७ जनालाई कोरोना संक्रमण भएको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३३७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार४३ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ७० हजार ४५६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६२९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?