काठमाडौं उपत्यकामा १ हजार ७ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरि आज १ हजार ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

जसमध्ये ४५४ जना महिला संक्रमित रहेका छन् भने ५५३ जना संक्रमित पुरुष रहेका छन् ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३३७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार४३ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ७० हजार ४५६ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६२९ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?