१ केजी भन्दा बढी सालकको खपटासहित २ जना पक्राउ

काठमाडौं । प्रतिन्धित सालकको १ केजी २५ ग्राम खपडासहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काभ्रे महाभारत गा.पा. बाल्टिङ घर भइ हाल स्यम्भू बस्ने २५ वर्षीय बिनोद तामाङ र काभ्रे सल्ले भुल्बु गा.पा घर भइ हाल चाबहिल बस्ने ४७ वर्षीय लाल सिंह तामाङ रहेका छन् ।

आइतवार चाबहिल एरियामा केही व्यक्तिहरुले सालकको खपटासहित अवैध रुपमा बिक्रि वितरण गर्न लागेको भन्ने सूचनाको आधारमा अपराध अनुसन्धान महाशाखाको टोली त्यहाँ पुगेको थियो ।

साथै टोलीले उनीहरुको साथबाट २ थान मोबाइल समेत बरामत गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला बन कार्यालय काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?