अमेरिकामा बर्गर प्रेम : ७० वर्ष पुरानो कम्पनीमा बर्गर लिनेको ४ किमी लामो लाइन

काठमाडौं । यो फोटो हो अमेरिकाको कोलोराडोको । यसमा धेरै कारहरु देख्न सकिन्छ । उनीहरु जाममा छैनन् । तर उनीहरु आफ्नो मन पर्ने बर्गर खाने लाइनमा बसेका छन् ।

यो लाइन ४ किमी लामो भएको थियो । कोलोराडोमा शनिवार अमेरिकाको चर्चित फूड चेन इन् एन आउट आउटलेट खोलिएको थियो ।

त्यसको जानकारी पाए लगत्तै मानिसहरु राती दुई बजे नै स्टोर पुगेका थिए । मानिसहरु १४ घण्टासम्म पर्खेर बर्गर खान लाइनमा बसे ।

पहिलो बर्गर केन विज्मी नामक व्यक्तिले पाए । उनी क्यालिफोर्नियाका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?