लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतवार लण्डनमा निधन भएको छ । पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) (पिएमएलएन) ले सोमवार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।
उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षको थिइन् । उनी केही समययता देखि बिरामी थिइन् र लन्डनको एक अस्पतालमा उपचार गराइरहेकी थिइन् ।
सो दलका उप सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ ।
पूर्व प्रधानमन्त्री शरिफ पनि हाल लण्डनमा नै उपचाररत छन् । उनलाई मिर्गौला र मुटुको रोग देखिएको छ । त्यसैले उनी पनि लण्डनमै उपचाररत रहेको बताइएको छ । छोरा विरामी भएर उपचार गराइरहेकोले आफ्नो छोरालाई भेट्नका लागि बेगम गत महिना लण्डन गएका थिए । उनलाई देश बाहिर जान नहुने भनेर चिकित्सकले सुझाव दिएको भए पनि बेगम आफ्ना छोरा नवाज शरिफलाई भेट्नका लागि गत महिना लण्डन गएका थिए ।
उनी लण्डनमा पुगेपछि बिरामी परेको र उपचार गराइरहेको समाचारमा जनाइएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया