झापा । झापाको बिर्तामोड नगरपालिका-३ मा बोलेरो गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
आईतवार साँझ सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ज ३११९ नम्बरको बोलेरो गाडीले पैदल यात्री आठराई गाउँपालिका-६ तेह्रथुमका २५ बर्षीय केवल खवासलाई ठक्कर दिंदा खवास घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागी बि।एण्ड।सी अस्पताल पठाईएकोमा उपचारको क्रममा साँढे ६ बजे मृत्यु भएको तथा बोलेरो र चालकलाई नियन्त्रण लिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया