चन्द्रमाको ढुङ्गा पृथ्वीमा ल्याउँने प्रयासमा चीन !

काठमाडौं । चीनले चन्द्रमाबाट ढुङ्गाका नमुना ल्याउन पहिलो पटक प्रयास गर्ने भएको छ।

मङ्गलवार प्रक्षेपण गरिने मानवरहित चाङुए-५ यानले चन्द्रमाबाट केही नमुना ल्याउने अपेक्षा गरिएको छ । ती ढुङ्गा चन्द्रमाको उत्पत्ति र निर्माणको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

लङ मार्च रकेट

अहिलेसम्म अमेरिका र सोभियत सङ्घले मात्र चन्द्रमाबाट ढुङ्गाको नमुना पृथ्वीमा ल्याएका छन । सन् १९७६ मा सोभियत सङ्घले पठाएको लुना २४ ले अन्तिम पटक पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो ।

यदि अहिलेको योजना सफल भयो भने पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने अमेरिका र तत्कालीन सोभियत सङ्घपछि चीन तेस्रो देश हुनेछ । चाङुए यानको नाम प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो । त्यसलाई लङ मार्च ५ नामक रकेटबाट प्रक्षेपण गरिनेछ ।

Proposed House bill urges NASA to push moon landing back to 2028

उक्त यानले चन्द्रमाको ओशन अफ स्टोर्म्सु भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना सङ्कलन गर्ने प्रयास गर्नेछ ।

सन् १९७६ को अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो।

NASA Moon News - Mubasher: The announcement of a mysterious "new discovery"  is revealed today

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङुए(५ ले सघाउने अपेक्षा विज्ञहरूको छ । चीन सन् २०१३ मा पहिलो पटक चन्द्रमामा पुगेको थियो । उसले एक दशकभित्र मङ्गल ग्रहबाट पनि नमुना सङ्कलन गर्ने योजना बताएको छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?