बङ्गलादेशमा चार लाख ४५ हजार २८१ व्यक्तिमा कोभिड-१९ संक्रमण

ढाका । सरकारी तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १।४३ प्रतिशत रहेको राष्ट्रिय स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जनाएको छ ।

बङ्गलादेशमा शनिवारसम्म कोभिड–१९ संक्रमितको सङ्ख्या चार लाख ४७ हजार ३४१ पुगेको र कोभिड–१९ सङ्क्रमित छ हजार ३८८ भन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

विगत २४ घण्टामा १३ हजार ८७० व्यक्तिको शङ्काका आधारमा कोभिड–१९ परीक्षण गरिएकोमा दुई हजार ६० व्यक्तिमा संक्रमण पुष्टि भएको छ । आइतवार कोभिड–१९ संक्रमित थप ३८ जनाको मृत्यु भएकमो छ ।

बङ्गलादेशमा शनिबार सङ्क्रमणमुक्त भएका दुई हजार ७६ व्यक्तिसहित अहिलेसम्म तीन लाख ६२ हजार ४२८ व्यक्ति निको भएका छन् ।

तथ्याङ्कमा एकै दिन सबैभन्दा बढी चार हजार १९ व्यक्ति जुलाई २ मा संक्रमित भएका थिए भने एकै दिनमा सबैभन्दा बढी मृत्यु जुन ३० मा भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?