२०७७, ७ मंसिर आईतवार २२:१३

प्रदेश १ मा ३११ संक्रमित निको, २१४ थप


प्रकाशित मिति : २०७७, ७ मंसिर आईतवार २२:१३

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३११ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । यससँगै उपचारपछि निको हुनेको संख्या अहिलेसम्म २० हजार ८९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ८०७ जनाको पिसीआर परीक्षण गरिएकामा ७८ महिलासहित २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित हुनेमा मोरङका ७३ मध्ये विराटनगरमा ३४, सुनसरीका ५३, झापाका ५०, सङ्खुवासभा र इलामका छ/छ, खोटाङका तीन, उदयपुरका दुई, धनकुटा र पाँचथरका एक/एक र प्रदेश बाहिरका १९ जना रहेका छन् ।

प्रदेशमा संक्रमितको सङ्ख्या अहिलेसम्म २५ हजार २९० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै एक लाख ८३ हजार ४१४ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस