आगलागी पीडितलाई आर्थिक सहयोग

सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचपोखरी थाङपाल गाउँपालिकाका छुट्टाछुट्टै आगलागीको घटनामा परेका ६ परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

सो पार्टीले आज गुन्सा र भोटेनाम्लाङका अग्निपीडितलाई दुई लाख ५३ हजार सहायता उपलब्ध गराएको हो । गत मङ्सिर ३ गते पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङमा माइला तामाङ, काइँला तामाङ र रामसीं तामाङको घर आगलागीमा परेर नष्ट भएको थियो भने मङ्सिर ४ गते सोही गाउँपालिका–५, गुन्सामा जेठा बोम्जनसहित उनका छोराहरु साङ्बो तामाङ र कान्छा तामाङको घरसमेत आगलागीमा परी नष्ट भएको थियो ।

छ जनाकै परिवारका लागि पार्टीले प्रतिपरिवार रु ४२ हजार २०० का दरले नगद सहयोग गरिएको राप्रपाका जिल्ला सचिव नातिकाजी सापकोटाले जानकारी दिए । पार्टीका विभिन्न नेता तथा कार्यकर्ताबाट व्यक्तिगत रुपमा सङ्कलन गरिएको राहत वितरण गर्न पार्टीका केन्द्रीय सदस्य एवं पूर्वसांसद रमेश लामा, केन्द्रीय सदस्य उदय सापकोटा, जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, जिल्ला सचिव नातिकाजी सापकोटालगायत नेताहरु पीडितको आश्रयस्थलमा नै पुगेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?