यस्तो छ नेपालमा कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३२ जनाको नमूना परीक्षण गर्दा थप एक हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएका हुन् । थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै ९५७ जना छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ६९९ छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख ९९ हजार २४ रहेको छ । देशैभरी जम्मा सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ३५१ र होम आइसोलेशनमा १३ हजार ६१२ जना रहेका छन् । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जना रहेको जानकारी दिए ।

प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको संख्या एक लाख ९९ हजार २४ जना छन् ।

विश्वमा कोरोना भाइरस संक्रमितको सङ्ख्या पाँच करोड ८५ लाख ४८ हजार ३ जना पुगेको छ भने निको हुनेको संख्या चार करोड पाँच लाख १३ हजार १७ जना रहेका छन् ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?