गोकर्णेश्वर नगरपालिकाको सूचना पढ्नुभयो ? सामाजिक सञ्जालमा प्रश्न – ‘कामनपाले के गर्ने हो ?’

काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को कारण झण्डै १ वर्षदेखि विश्व आक्रान्त छ । कोरोनाको कहरबाट नेपाल पनि मुक्त हुन सकेको छैन । बरु दशैँ , तिहार, छठ पर्वको कारण परिक्षणको दर घटाईएको छ । त्यसैले संक्रमितको संख्या घटेको जस्तो देखिन्छ । खासमा काठमाडौं उपत्यका लगायतका घना बस्ती भएका शहरहरुमा संक्रमितको संख्या बढीरहेको छ भने मृतकको संख्या पनि थपिइरहेको छ । यस्तो विषम परिस्थितीका कारण सबै क्षेत्र सेवा ठप्पप्राय छन् ।

एकबाट दोस्रोमा सजिलै सर्ने र संक्रमण तिव्र रुपमा फैलिने कारणले यो भाइरसको भय कायमै रहीरहेको छ ।

कोरोनाको कारण गत वर्ष चैतको पहिलो हप्ता निर्धारण गरिएको एसईई स्थगित गरिएपछि त्यसपछिका सबै शैक्षिक क्रियाकलाप ठप्पैप्राय भयो ।

एक हिसाबले भन्दा विद्यार्थीले स्कूल नदेखेको वर्ष दिन पुग्न लाग्यो । यस्तो विषम परिस्थितीमा अधिकांश विद्यालयले अनलाईन माध्यमबाट पठनपाठन गरेतापनि त्यसको प्रभावकारिताबारे प्रश्न उठिरहेको छ भने कतिपय स्थानमा ईन्टरनेटको सहज पहुँच नभएका कारण पनि विद्यार्थीको नैसर्गिक अधिकारको बहस भइरहेको छ । केहि स्थानीय तहले विद्यालयले भौतिक दूरी कायम गरी अध्यापन गराउँछु भनेतापनि सूचना निकालेर नगर्न /नगराउन अनुरोध गरिरहेको अवस्था छ । प्रतिष्पर्धाको यो जमानामा आफ्ना बालबालिकाको सिंगो शैक्षिक सत्र खेर जाने हो की ! भनेर आम अभिभावक निराश देखिन्छन् । अब कुनै उपायबाट नियमित काम सुचारु गरौँ भन्ने किसीमका आवाजपनि नसुनिएका होईनन् । तर कोरोनाविरुद्धको भ्याक्सीन र औषधिहरु उपलब्ध नभएका कारण र जोखिम दिनप्रतिदिन बढीरहेको यथार्थले अभिभावक झस्किरहेका छन् । अभिभावक ढुक्कलेआफ्ना केटाकेटीलाई स्कूल पठाउन तयार छैनन् ।

यसैबीच काठमाडौंको गोकर्णेशवर नगरपालिकाले शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा – २०७७ लाई कार्यान्वयनमा ल्याएको हुँदा सो कार्यढाँचा अनुसार नै विद्यालय सञ्चालन गर्न गराउन अनुरोध गरेको छ ।

एक विज्ञप्ती निकालेर नगरपालिकाले ‘नगर शिक्षा समितीको ०७७- ०६- ०६ को निर्णयअनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिका – २०७७ को परिधिभित्र यस नगरपालिका अन्तर्गतका सबै विद्यालयहरु ७७ असोज १६ गतेदेखि नै सञ्चालनमा आएको पनि उल्लेख गरेको छ । यसरी सञ्चालनमा आएका विद्यालयहरुलाई शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा – २०७७ लाई कार्यान्वयनमा ल्याएको हुँदा सो कार्यढाँचा अनुसार नै विद्यालय सञ्चालन गर्न गराउन अनुरोध गरेको हो ।

यसैबीच शत्र खेर जान नदिन विद्यार्थीको हक अधिकारबारे शैक्षिक बहस गर्दै आएका विज्ञहरुले काठमाडौं महानगरभित्रका विद्यालयको लागि कस्तो व्यवस्था हुने ? किन ढिलाई गरेको , किन नसोचेको ? भन्दै प्रश्न उठाएका छन् ।

हेर्नुहोस् गोकर्णेश्वर नगरपालिकाको सूचना :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?