मेक्सिकोमा एक दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस संक्रमित थपिए

मेक्सिको सिटी । मेक्सिको शनिवारमा एकैमा दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल संक्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस संक्रमणको कारण ५५० व्यक्तिको मृत्यु भएको छ । हालसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण १ लाख १ हजार ३३७ व्यक्तिको मृत्यु भईसकेको छ ।

शनिवारसम्म ७ लाख ७४ हजार ९३० व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?