ट्रम्पबाट हैरान बनेका बाइडेनले आम जनतासँग चन्दा मागे

काठमाडौं । अमेरिकामा सत्ता हस्तान्तरणको प्रक्रियामा राष्ट्रपति डोनाल्ड ट्रम्पको असहयोगबाट हैरा नबनेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अब आम नागरिकसँग चन्दा दिन अपील गरेका छन् ।

एक ट्वीटर सन्देशमा उनले भनेका छन्, ‘राष्ट्रपति ट्रम्प अझै हार मान्न तयार छैनन्, साथै सत्ता हस्तान्तरणमा ढिला गरिरहेका छन् । त्यसैले प्रक्रिया आफैँले तयारी गनुपर्नेछ । त्यसैले तपाईले हाम्रो सहयोग गर्न आवश्यक छ । यदि तपाई सक्षम हुनुहुन्छ भने बाइडेन ह्यारिस ट्रान्जिशनको लागि चन्दा दिनुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?