अबैध रुपमा भित्र्याउन खोजिएको छालाको बेल्टसहित महिला पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१७ मटेरुवाबाट १०८ थान छालाको वेल्ट सहित तस्करी कार्यमा संलग्न १ महिला पक्राउ परेकी छन् ।

आइतवार (आज) बिहान सवा ४ बजेको समयमा केही ब्यक्तिहरुले भारतिय बजारबाट अबैध रुपमा समान भित्र्याउन लागेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अरबिना खातुनलाई १०८ थान छालाको बेल्ट सहित पक्राउ गरेको हो ।

उक्त स्थानमा अन्य मानिसहरु समेत रहेको र समान नियन्त्रणमा लिने क्रममा प्रहरी माथी आक्रमण गरी हुल हुज्जत गरेकोमा १ राउण्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिईएको थियो ।

पक्राउ परेकी महिलाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा घटनामा संग्लग्न अन्य मानिसहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?