काठमाडौं उपत्यकामा ९ सय बढीमा कोरोना पुष्टि, कुन जिल्लाका कति ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय २१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ हजार ६ सय ९९ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ। यो कुल संक्रमितको ९०.३ प्रतिशत हो ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ६० हजार ७५ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ६८ रहेको छ ।

नेपालमा गत बिहीवारदेखी आइतवार (आज) सम्म ३६ हजार ३ सय २१ जनाको पीसीआर परीक्षण भएको छ ।

जसमध्ये ७ हजार ३ सय ९१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १६ हजार २ सय ४४ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार उक्त अवधिमा नेपालमा कोरोनाबाट ६२ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या घटिरहेको छ । हाल नेपालमा १९ हजार ९ सय ६३ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ३ सय ५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १६ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?