कोरोनाको कारण मृत्यु हुनेको संख्या १३ सय २१ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय २१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय ८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ हजार ६ सय ९९ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ६० हजार ७५ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ६८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?