हुम्लाको कृषि कार्यालयमा २ वटा बम भेटियो, सेनाको डिस्पोजल टोलीबाट निस्क्रिय

हुम्ला । जिल्ला कृषि विकास कार्यालय हुम्लाको गेटमा दुईवटा सकेट बम भेटिएका छन् आज (आइतबार) बिहान कार्यलय खोल्ने क्रममा मुलगेट खोल्दा अचानक शंकास्पद वस्तु भेटिएको कृषि विकास कार्यलयका कार्यलय सहयोगी रामदल राउतले जानकारी दिए ।

त्यसपछि आफूले जिल्ला प्रहरी कार्यलयलाई खबर गरेको रावतले जानकारी दिए । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक सुर्यप्रकाश सुवेदी सहितको टोलि, शशस्त्र प्रहरी वल र नेपाली सेनाको टोलीले निरीक्षण गर्दा एक वटा बाल्टिन बम र अर्को सकेट बम भेटिएको पुष्टी भएको छ ।

निस्क्रिय अवस्थामा भेटिएको उक्त बमलाई नेपाली सेनाको वम डिस्पोजल टोलीले निष्क्रीए पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिए ।

संकाष्पद वस्तु भेटिएको खबर आउने वित्तिकै तीनवटै सुरक्षा निकायको टोली सम्बन्धित क्षेत्रमा पुगेको थियो उनले भने, ुकृषि कार्यालयमा कडा सुरक्षा व्यवस्थाका बीच दुइवटै बमलाई खाली जग्गा भएको ठाउँमा ल्याएर नेपाली सेनाले डिस्पो गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?