गोबर ग्याँसको खाल्डोमा डुबेर मृत्यु

चितवन । खैरहनी नगरपालिका- ११ पित्रहनी बस्ने ३० वर्षीया सीमा दराई आफ्नै घरमा रहेको गोबर ग्याँसको खाल्डोमा डुबेर शनिवार मृत्यु भएको छ ।

उक्त ग्याँसको खाल्डोमा डुबेर गम्भीर घाइते भएकी उनको भरतपुर अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?