उदयपुरमा बम बिस्फोट

काठमाडौं । गएराति उदयपुरमा बम बिस्फोट भएको छ ।

जिल्लाको ताप्ली गाउँपालिका कार्यालयको सहायता कार्यालयमा बम बिस्फोट भएको हो ।

प्रहरीका अनुसार कार्यालयको बरन्डामा सुतली बम बिस्फोट भएको छ ।

बम बिस्फोटबाट मानविय क्षति भने नभएको तर टेबुल, कुर्सी लगायत कार्यालयका अन्य सामानहरुमा भने क्षति पुगेको छ ।

प्रहरी घटनास्थल पुगिसकेको र बम कस्ले कस्ले किन बिस्फोट गरायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?