तीन दिनको मौसम : केहि स्थानमा हिमपात र वर्षा हुने

काठमाडौं – चिसो बढीरहेको छ । कोरोनाको कहरकाबीच बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको छ । यसैबीच जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै देशको पहाडी भू-भागमा आंशिक बदली र हिमाली जिल्लाहरुमा हिमपातको संभावना रहेको जनाएको छ ।

हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । भने हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको छ।

यस्तो छ तीन दिनको मौसम  :
आज  : दिउँसो दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू – भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भू – भागमा मौसम सामान्यता सफा रहनेछ ।

सोमबारको मौसम : दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबारको मौसम : दिउँसो प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै राति देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?