काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म विश्वमा १३ लाख ८६ हजार ३३४ जनाको मृत्यु भएको छ भने ५ करोड ८४ लाख ८७ हजार ७६१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड ४ लाख ६४ हजार ३७७ जना संक्रमण मुक्त भएका छन् भने १ लाख २ हजार ३९६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा शनिवार मात्रै ५ लाख ८१ हजार ६०९ जनालाई संक्रमण भएको छ भने ८ हजार ९२२ जनाको मृत्यु भएको छ । यसैबीच अमेरिकामा २ लाख ६१ हजार ७९० जनाको मृत्यु भएको छ भने १ करोड २४ लाख ५० हजार ६६६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७४ लाख ३ हजार ८४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै ४७ लाख ८५ हजार २९ जना उपचाररत छन् ।
त्यस्तै २२ हजार ९२७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा २१ हजार ८८ जनाको मृत्यु भएको छ भने ११ लाख ७१ हजार १०७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा १८ हजार ६७८ जनाको मृत्यु भएको छ भने ११ लाख ७ हजार ३६१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ९ लाख ३१ हजार ८२७ जनालाई संक्रमण भएको छ भने १७ हजार ९४६ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकामा शनिवार १ लाख ७२ हजार ८३९ जनालाई संक्रमण भएको छ भने १ हजार ४६० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया