सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार हुँदा नेकपा प्रचण्डको कटाक्ष

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा भएको दुर्व्यहारको घटना सुनियोजित भएको बताएका छन् । उनले यस प्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कसैको हित नगर्ने भन्दै घटनाको निन्दा गरेका छन् ।
‘आज चितवन जिल्लाको राप्ति नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुर्व्यवहारको घटना अति निन्दनीय एवं भर्त्सनायोग्य छ।यसप्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कम्युनिष्ट आन्दोलनको मात्र होइन,कसैको पनि हित गर्दैन। चेत होस् ।’, श्रेष्ठले ट्वीटरमार्फत भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?