प्रदेश सरकार सञ्चार क्षेत्रलाई सहयोग गर्न तयार छ : मुख्यमन्त्री पौडेल

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बागमती प्रदेश सरकार सञ्चार क्षेत्रलाई हरतरहले सहयोग गर्न तयार रहेको बताए ।

हेटौँडाबाट प्रसारित पहिलो स्याटेलाइट टेलिभिजन नेशनल गोल्ड एचडीलाई आज शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले सरकार र सञ्चार क्षेत्रबीच हार्दिकतासहितको सम्बन्ध रहनुपर्ने धारणा राखे । “मिडिया र सरकार हार्दिकताका साथ अगाडि बढ्ने हो भने हामीले चाहेका धेरै कुराहरु पूरा गर्न सकिन्छ”, मुख्यमन्त्री पौडेलले भने।

सङ्घीय राजधानीसमेत रहेको बागमती प्रदेशको राजधानी हेटौँडामा राष्ट्रियस्तरका सञ्चारमाध्यम स्थापना हुनु आफैँमा राम्रो भएको उनको भनाइ थियो । “प्रदेश राजधानी हेटौँडाबाट सञ्चालित सञ्चारमाध्यमले वाग्मती प्रदेशसहित सिङ्गो नेपालका विविध विषयवस्तु उजागर गरेर देशको प्रतिनिधित्व गर्न सकोस्”, मुख्यमन्त्री पौडेलले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?