जुवाको खालबाट १९ वटा मोटरसाइकल र दुई कारसहित १६ जुवाडे पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले गएराती १६ जना जुवाडेलाई पक्राउ गरेको छ ।

राती करिब साँढे ११ बजे मोरङ रतुवामाई नगरपालिका वडा नं. ८ मा जुवाको खालबाट १६ जनालाई पक्राउ गरेको हो ।

स्थानीय सागर बर्तौलाको घरमा निज समेत सरिक भई हार जित हुने गरी खाल थापी जुवा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ विराटनगरबाट खटिएको प्रहरी टोलीले खाल थापी जुवा तास खेलिरहेको अवस्थामा नगद १ लाख ६९ हजार ५ सय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिइएको थियो ।

प्रहरीले उनीहरुबाट नगद सहित १ बुङ तास, कौडा गोटी १६ थान, विभिन्न कम्पनीका मोवायल थान १७ तथा सोही ठाउँ नजिक निज व्यक्तिहरु सवार भई आएको १९ वटा मोटरसाईकल र २ वटा कार समेतका सवारीसाधनहरु समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा मोरङ रतुवामाई न.पा.७ सिजुवा बजार बस्ने वर्ष ४७ को डिल्लीराम चौलागाई, सोहि ठाउँ बस्ने बर्ष ३५ को मोती पौडेल, बर्ष ४३ को रामनाथ मैनाली, बर्ष ४१ को देवी प्रसाद प्रसाई, बर्ष ३७ को रामनाथ नेपाल, बर्ष ४५ को हेमलाल प्रसाई, बर्ष ४० को नारायण चुडाल, रतुवामाई न.पा. ८ उल्लुकुटु बस्ने बर्ष ४४ को सन्त ब।राई, सिक्किमे टोल बस्ने बर्ष ३५ को सागर गडतौला रहेका छन् ।

त्यस्तै सोहि स्थानमा बस्ने बर्ष ४५ को दिपक ढुङगाना, दाम्राभिट्टा बजार बस्ने बर्ष ४५ को योगराज घिमिरे, वर्ष ३८ को अशोक भट्टराई, बर्ष ३९ को राजन हस्ता सतार, रतुवामाई न.पा.६ कादुपाडा बस्ने वर्ष ४५ को गोपी पराजुली, सौठा बस्ने बर्ष ३६ को रबिन पोखरेल र मोरङ बेलबारी न.पा. ७ बिच बजार बस्ने बर्ष २२ को गणेश श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?