ग्लोकल टीन हिरो नेपाल : ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

काठमाडौं । सेप्टेम्बर १ गतेका दिन वाई वाइ ग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फत आवेदनको अन्तिम मिती नोवेम्बर १४ भनी तोकिएको थियो । आवेदनको समय समाप्त भएपछी, प्राप्त आवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जस्लाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो ।

२० वर्षभन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोरकिशोरीहरुको यस् बर्षको ग्लोकल २० अंडर २० को सुची सार्वजनिक गरिएको छ । हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् । सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।

ग्लोकल प्रा ली र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट किशोरकिशोरीहरुको सूची सार्वजनिक गरिएको हो । ती किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ ।

समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै सूची सार्वजनिकको उद्देश्य रहेको जनाइएको छ । यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ ।

ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुर भन्नुहुन्छ (“नेपालभरीबाट बिभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यि प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट गर्न सजिलो कार्य पक्कै पनि थिएन । यद्धपी समाज तथा राष्ट्रलाई टेवा पुराइरहेका यिनै जाज्वल्यमान प्रतिभाशाली किशोर किशोरिहरुलाई पहिचन गराउन पाउदा हामी गर्व गर्दछौ ।”

यस वर्षका उत्कृष्ट किसोर किशोरीको सुची यस प्रकार रहेको छ :

  •  अभिषेक कर्ण, १६ , टेक्नोप्रिनर, महोत्तरी
  •  अमित तिमिल्सीना, १७, टेक्नोप्रिनर, बुटवल
  •  अन्कित मिश्र, १८, बाल अभियन्ता, बाँके
  •  दिक्षा गौतम, १८, बाल अभियन्ता, काठमाडौं
  •  एकराज घिमिरे, १८, बातावरण विद्, पाल्पा
  •  ग्रेश थापा, १८, उद्द्यमी, ललितपुर
  •  लक्ष्मण पौडेल, १९, नवप्रवर्तक, बुटवल
  •  मन्दिरा श्रेष्ठ, १९, स्वास्थ्य अभिएन्ता , रामेछाप
  •  नम्रता दाहाल,१७, बाल अभियन्ता, झापा
  •  प्रेक्षा धामी, १८, सामाजिक अभियन्ता, कैलाली
  •  रीत काफ्ले, १८, शिक्षक, बिराटनगर
  •  सनिफ कडेल, १८, युवा अभियन्ता, रुपन्देही
  •  संस्कृति फुयाल, १७, सामाजिक अभियन्ता, काठमाडौं
  •  सेलिया श्रेष्ठ, १५, सामाजिक अभियन्ता, झापा
  •  सुभाश शर्मा, १७, कोडर, जनकपुर
  •  सुलव सुबेदी, नवप्रबर्दक, १८, इलाम
  •  सुसन सापकोटा, १४, बातावरण विद् , सुर्खेत
  •  स्वराज सागर प्रधान, १८, प्रोग्रामर, ललितपुर
  •  वैभव नाहटा, १८, उद्द्यमी, बिराटनगर
  • योउबेश धौभडेल, १९, सामाजिक अभियन्ता, भक्तपुर

देश भरि बाट आएको ६०४ं आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन् । यी २० परिवर्तक किशोर किशोरीहरु सम्माननीय निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । साथै उत्कृष्ट ६ को घोष्णा पनि नभेम्बर २४ तारिकमा हुने बताईको छ । चयन भएका युवाहरुको सम्मान वाई वाई ग्लोकल टिन हिरोको डिसेम्बर १२, २०२० मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?