काठमाडौं । उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठपर्व सम्पन्न भएको छ ।
हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठपर्व सम्पन्न भएको छ ।
कोरोना महामारीका कारण यो वर्ष छठघाटहरुमा मान्छेको भीडभाड देखिएन् । स्थानीय प्रशासनले भीडभाड नगर्न आग्रह गरेपछि धेरैले आफ्नै घरको छत र आगनमा कृत्रिम पोखरी बनाएर पूजा गरेका छन् ।
कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ । छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ । साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया